काठमाडौं । तीनवटा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण गर्नेहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार रहेका छन्।
शपथ ग्रहणसँगै तीनै कुलपतिले आ–आफ्नो संस्थाको नेतृत्व औपचारिक रूपमा सम्हाल्दै जिम्मेवारी सुरु गरेका छन्।
सरकारले हालै उनीहरूलाई सम्बन्धित प्रज्ञा प्रतिष्ठानको नेतृत्वका लागि नियुक्त गरेको थियो। नयाँ नेतृत्वसँगै साहित्य, कला, संगीत, नाट्य तथा ललितकलाको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ।


-
Jigyasanepal