Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात

  •   २ महिना अघि | २६ भदौ २०८३, शुक्रबार

काठमाडौं । रसुवामा आएको बाढी तथा अन्य विपद्का पीडितलाई राहत तथा पुनःस्थापनाका लागि प्रयोग हुने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ बजेसम्म विभिन्न नौवटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ जम्मा भएको छ।

त्यसैगरी, कोषका दुईवटा बैंक खातामा अमेरिकी डलरसमेत मौज्दात रहेको जनाइएको छ। ती खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको कार्यालयको विवरणमा उल्लेख छ।

यसअघि भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको थियो। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत राहत तथा उद्धारका लागि परिचालन गरिएको हो।

रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी संयन्त्र सक्रिय रहँदै आएको छ।

  • Jigyasanepal

थप