Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात

  •   ९ घण्टा अघि | २६ भदौ २०८३, शुक्रबार

काठमाडौं । रसुवामा आएको बाढी तथा अन्य विपद्का पीडितलाई राहत तथा पुनःस्थापनाका लागि प्रयोग हुने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ बजेसम्म विभिन्न नौवटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ जम्मा भएको छ।

त्यसैगरी, कोषका दुईवटा बैंक खातामा अमेरिकी डलरसमेत मौज्दात रहेको जनाइएको छ। ती खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको कार्यालयको विवरणमा उल्लेख छ।

यसअघि भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको थियो। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत राहत तथा उद्धारका लागि परिचालन गरिएको हो।

रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी संयन्त्र सक्रिय रहँदै आएको छ।

  • Jigyasanepal

थप