Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

केही प्रदेशमा भारी वर्षाको सम्भावना

  •   २ महिना अघि | २५ भदौ २०८३, बिहिबार

काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहेकाले आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार केही स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेससहित वाग्मती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।

दिउँसो देशभर सामान्यतया बदली रहने विभागको अनुमान छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।

यस्तै, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

तराईतर्फ मधेस प्रदेशसहित वाग्मती र गण्डकीका धेरै स्थान, कोसी र लुम्बिनीका केही स्थान तथा सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि देशभर सामान्य बदलीको अवस्था रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात तथा पहाडी क्षेत्रका केही र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमै रहेको छ। वर्षाका कारण केही क्षेत्रमा सडक तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

  • Jigyasanepal

थप