Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने

  •   ४ दिन अघि | २३ भदौ २०८३, मङ्लबार

माथी उल्लेखित सेनाले रसुवा बाढि पछि टनेलमा फसेकाको  उद्द्वार गरेको फाइल फोटाे हो ।

काठमाडौं । देशका विभिन्न जिल्लामा आज भदौ २३ गते पनि आकस्मिक बाढीको जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

आज प्राप्त सुचना अनुसार विभिन्न राजमार्ग समेत अवरुद्ध छ



महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, खोटाङ, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, बैतडी र डडेलधुरा तथा आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलामा बहाव बढ्ने सम्भावना छ।

यी जिल्लामा अचानक बाढी आउन सक्ने मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी लगातार वर्षा भइरहेका क्षेत्रमा नदी तथा खोलाको अवस्था अचानक परिवर्तन हुन सक्ने भएकाले तटीय तथा आसपासका बासिन्दालाई सावधानी अपनाउन भनिएको छ।

यसैगरी तमोर, अरुण, नारायणी, कर्णाली र महाकाली लगायतका ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षाको अवस्था हेरी नदी तथा खोलानालामा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

  • Jigyasanepal

थप