Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने

  •   २ महिना अघि | २३ भदौ २०८३, मङ्लबार

माथी उल्लेखित सेनाले रसुवा बाढि पछि टनेलमा फसेकाको  उद्द्वार गरेको फाइल फोटाे हो ।

काठमाडौं । देशका विभिन्न जिल्लामा आज भदौ २३ गते पनि आकस्मिक बाढीको जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

आज प्राप्त सुचना अनुसार विभिन्न राजमार्ग समेत अवरुद्ध छ



महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, खोटाङ, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, बैतडी र डडेलधुरा तथा आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलामा बहाव बढ्ने सम्भावना छ।

यी जिल्लामा अचानक बाढी आउन सक्ने मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी लगातार वर्षा भइरहेका क्षेत्रमा नदी तथा खोलाको अवस्था अचानक परिवर्तन हुन सक्ने भएकाले तटीय तथा आसपासका बासिन्दालाई सावधानी अपनाउन भनिएको छ।

यसैगरी तमोर, अरुण, नारायणी, कर्णाली र महाकाली लगायतका ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षाको अवस्था हेरी नदी तथा खोलानालामा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

  • Jigyasanepal

थप