Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

स्पेन फेरि विश्वविजेता : अतिरिक्त समयमा अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि विश्वकप उपाधि कब्जा

  •   २ महिना अघि | ४ साउन २०८३, सोमवार

काठमाडौं। युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई रोमाञ्चक फाइनलमा १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। यससँगै स्पेनले १६ वर्षपछि विश्व फुटबलको सर्वोच्च उपाधि पुनः आफ्नो नाममा लेखाएको हो। यसअघि स्पेनले सन् २०१० मा पहिलोपटक विश्वकप जितेको थियो।

अमेरिकाको न्युजर्सीस्थित स्टेडियममा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

खेलको १०६औँ मिनेटमा फेर्रान टोरेजले निर्णायक गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसपछि अर्जेन्टिनाले बराबरीका लागि निरन्तर प्रयास गरे पनि सफल हुन सकेन र स्पेनले १–० को ऐतिहासिक जितसहित विश्वकप ट्रफी उचाल्यो।

अर्जेन्टिनाका एन्जो फर्नान्डेजले निर्धारित समयमै दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित बनेको अर्जेन्टिनामाथि स्पेनले दबाब बढाउँदै निर्णायक गोल गर्न सफल भएको हो।

अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकप फाइनलमा स्थान बनाएको थियो। यता स्पेनले फ्रान्सलाई २–० ले हराउँदै उपाधि भिडन्त तय गरेको थियो।

यो जितसँगै स्पेन विश्व फुटबलको नयाँ सम्राट बनेको छ भने अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो। स्पेनका खेलाडीहरूको अनुशासित प्रदर्शन, सशक्त रक्षापङ्क्ति र अतिरिक्त समयमा गरेको निर्णायक गोलले टोलीलाई पुनः विश्व फुटबलको शिखरमा पुर्‍याएको छ।

  • Jigyasanepal

थप