Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम

  •   १ घण्टा अघि | २९ भदौ २०८३, सोमवार

काठमाडौं । मौसममा विभिन्न प्रणालीको प्रभाव कायमै रहेकाले आज देशका अधिकांश भूभागमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी समेत दिएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।

देशका पहाडी क्षेत्रमा पनि केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश र कोशीका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

यी क्षेत्रमा भारी वर्षाको जोखिम

महाशाखाका अनुसार कोशी र कर्णालीका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी एवं तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी र तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

बाढी–पहिरोको जोखिममा सतर्कता अपनाउन आग्रह

मेघगर्जन, चट्याङ र भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने र सडक यातायात तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

  • Jigyasanepal

थप