Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने काभ्रेका बुद्ध लामा सहित दुई पक्राऊ

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

काठमाडौं । विभिन्न देशमा वैदेशिक रोजगारका लागि पठाइदिने भन्दै रु २२ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

पक्राउ परेका व्यक्तिहरूमा काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा र बर्दिया, गेरुवा गाउँपालिका–२ का ४३ वर्षीय मानबहादुर चौधरी रहेका छन्, जो हाल काठमाडौं, टोखा नगरपालिका–१० मा बस्दै आएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै न्यूजील्याण्ड र उज्वेकिस्तानलगायतका देशमा लैजाने आश्वासन दिएर ठगी गर्ने गरेका थिए। लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएका उनीहरूविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा लामाले सात जनाबाट रु १० लाख र चौधरीले ६ जनाबाट रु १२ लाख ५० हजार ठगेको खुलेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।

  • Jigyasa media

थप