Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

बिचौलियामुक्त स्वस्थ्य कृषि उत्पादनतर्फ कदम : ‘माटोदेखि सफलतासम्म’ अभियानमा कृषक परिवार सक्रिय

  •   ८ महिना अघि | २४ मंसिर २०८२, बुधबार

बनेपा

किसानले रगत–पसिना झारेर जन्माएको उब्जनी अझै पनि उचित मूल्य नपाएर बजारको अन्योलमा हराइरहेको बेला बनेपाबाट नयाँ आशामय अभियानको सुरुवात भएको छ। कृषकलाई स्वस्थ्य कृषि उत्पादनतर्फ प्रोत्साहित गर्दै, बिचौलियाको दवाब हटाउँदै र उपभोक्तासम्म गुणस्तरीय उत्पादन सहज रूपमा पु‍र्‍याउने उद्देश्यसहित सोडिन नेपाल र राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले कृषकसँग प्रत्यक्ष अन्तरक्रियाको पहल गरेका छन्।

काभ्रेपलाञ्चोकको उर्वर भूमिमा अवस्थित बनेपा–४ नालामा आयोजित बृहत् छलफलमा ‘माटोले माया गर्छ, माटोलाई माया गरियो भने’ भन्ने मुख्य अवधारणा राखेर कृषकलाई माटो, प्रविधि र मूल्य प्रणालीसँग जोड्ने विषयमा गम्भीर बहस गरिएको छ।

किसानको अभिमत : बिषादीको ‘दोष’ किसानलाई, तर सहयोग कहिल्यै समयमै छैन

छलफलमा किसानहरूले पछिल्लो वर्षहरूमा आफूहरूलाई ‘बिषादी प्रयोगकर्ता’ भनेर आरोप लगाइने तर वास्तविक समस्या प्राविधिक ज्ञानको अभाव रहेको गुनासो खुलाएर राखे। समयमै सीप, तालिम र सल्लाह नपाउँदा आफूहरू बाध्य भएर प्रयोग गर्नुपरेको बताउँदै, किसानले गुणवत्ता सुधारका लागि सानो सावधानी र सही निर्देशन पर्याप्त हुने बताएका छन्।

अग्रज कृषक रामप्रसाद संजेलले उत्पादित बालीको खरिद प्रक्रिया, मूल्य निर्धारण र ‘सही परामर्श कसरी पाउन सकिन्छ?’ भन्ने गम्भीर प्रश्न सार्वजनिक रूपमा उठाए।

‘कृषक बिचौलियाको भरमा होइन, कम्पनीको संरक्षणमा अघि बढ्छ’ — राष्ट्रिय कृषि कम्पनी

कार्यक्रममा कम्पनी सचिव विष्णु बरालले नेपालको कृषि पेशालाई राज्यले अझै पनि उपेक्षित रूपमा हेरेको टिप्पणी गर्दै भने —

“कृषि प्रधान मुलुकमा किसान अझै पनि बिचौलियाकै भरमा बस्न बाध्य छन्। उत्पादनको उचित मूल्य किसानले पाउँदैनन्, उपभोक्ताले भने महँगो दर तिर्नुपर्ने अवस्था छ।”

उनका अनुसार, कम्पनीले उचित मूल्य सुनिश्चितता, आधुनिक उत्पादन प्रविधि, सामाजिक सुरक्षा, सीप/तालिम, बीमा, पेन्सन, शिक्षा सहयोग, दिर्घ रोगमा सुरक्षा जस्ता कार्यक्रममार्फत किसानलाई दीर्घकालीन संरक्षणमा ल्याउने लक्ष्य राखेको छ।

कम्पनीको ‘माटोदेखि सफलतासम्म’ मूल नाराले परम्परागत खेतीलाई आधुनिक कृषि प्रणालीमा रूपान्तरण गर्ने दाबी छ।

ओजोन वासिङ्ग प्लान्टदेखि स्मार्ट एप्ससम्म : आधुनिक कृषि संरचना विस्तार

कार्यक्रममा आरकेसिएनएल फुड बैंकले बनेपा–४ स्थित ठाडोबाटोमा अत्याधुनिक ओजोन वासिङ्ग प्लान्ट अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। यसले उपभोक्तालाई सफा, स्वस्थ र सुरक्षित तरकारी–फलफूल उपलब्ध गराउनेछ।

त्यस्तै, सर्लाही, लालबन्दीमा डल्ले च्याउ उत्पादन प्लान्ट,

सोही परियोजनाका लागि कम्पोष्ट प्लान्ट,

कृषि प्रविधिलाई डिजिटल बनाउने उद्देश्यले कोर बैंकिङ सिस्टम र आधुनिक एप्स निर्माणकार्य समेत भइरहेको जनाइएको छ।

प्राविधिक घिमिरे : गलत बिउ, गलत बिषादी र गलत सूचना—किसान पिछडिनुको कारण

बनेपा नगरपालिकाका कृषि प्राविधिक नवराज घिमिरेले किसानले विज्ञको सल्लाहभन्दा ‘बजारको हल्ला’ मा बढी विश्वास गर्ने प्रवृत्ति नै ठूलो समस्या भएको बताए।

उनका अनुसारमाटो परीक्षण नगर्ने,

उपलब्ध बिउ–बिजनको वास्तविकता नहेरी , आत्मसात गर्न नचाहने,

—यी कारणले किसान वर्षौंदेखि क्षति व्यहोर्दै आएका छन्।

उनले राष्ट्रिय कृषि कम्पनीले अघि सारेको किसान–लक्षित कार्यक्रमले यस्ता कमजोरी समाधान गर्न धेरै भूमिका खेल्ने विश्वास व्यक्त गरे।

सोडिन नेपालको पहल : ‘कृषक परिवार’ गठन हुँदै देशभर

सोडिन नेपालका प्रबन्ध सञ्चालक कवि पुडासैनीले कृषकलाई सशक्तिकरण गर्नका लागि देशका विभिन्न क्षेत्रलाई लक्षित गर्दै ‘कृषक परिवार’ गठन भइरहेको जानकारी दिए।

हालसम्म—

धनुषा र सर्लाहीमा समूह गठन भइसकेको,

मकवानपुर (हेटौँडा) र पर्सा (वीरगञ्ज) क्षेत्रमा गठन तयारी गरिएको,

धादिङमा समेत शीघ्र विस्तार हुने बताए।

उनीहरूका अनुसार, सोडिनले समुदाय–विद्यालयमा कृषि साक्षरता अभियान, माटो सुधार अभियान, बिषादीको सावधानी विषयक अभिमुखिकरण, बाल–युवा कृषि प्रेरणा कार्यक्रम निरन्तर चलाइरहेको छ।

बनेपाबाट सुरु गरिएको यो अभियान किसानलाई बिचौलियामुक्त, आधुनिक, सुरक्षित र स्वस्थ्य उत्पादनमा उन्मुख गराउने देशव्यापी मोडेलको रूपमा प्रस्तुत गरिएको छ।

किसानको सीप, प्रविधि र सामाजिक सुरक्षालाई जोडेर ‘माटोदेखि सफलतासम्म’ अभियानले नेपाली कृषिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप