Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

फुटबल महाकुम्भको भव्य सुरुवात : साकिरादेखि नोरा फतेहीसम्मको सांगीतिक उत्सव

  •   ५ महिना अघि | २८ जेष्ठ २०८३, बिहिबार

काठमाडौं, जेठ २८ ।विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ मानिने फिफा विश्वकप २०२६ नेपाली समयअनुसार शुक्रबार बिहानबाट सुरु हुँदैछ। इतिहासमै पहिलोपटक अमेरिका, क्यानडा र मेक्सिको गरी तीन राष्ट्रको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ४८ राष्ट्र सहभागी हुँदैछन्। 

करिब एक महिना लामो प्रतियोगिताका लागि ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। युरोपबाट १६, एसियाबाट ९, अफ्रिकाबाट १०, उत्तरी तथा मध्य अमेरिकाबाट ६, दक्षिण अमेरिकाबाट ६ र ओसियानाबाट १ टोलीले विश्वकपको यात्रा तय गरेका छन्। 

विश्वकपको उद्घाटन समारोह यसपटक तीनै आयोजक राष्ट्रमा अलग–अलग ढंगले आयोजना गरिँदैछ। पहिलो उद्घाटन समारोह मेक्सिको सिटीको ऐतिहासिक एज्टेका रंगशालामा हुनेछ, जहाँ उद्घाटन खेलअघि विश्वप्रसिद्ध गायिका Shakira, बर्ना ब्वाय, जे बाल्भिन, बेलिन्डा, टायला, अलेजान्द्रो फर्नान्डेजलगायत कलाकारले प्रस्तुति दिनेछन्। 

क्यानडाको टोरोन्टोमा हुने समारोहमा माइकल बुब्ले, एलेसिया कारा, एलानिस मोरिसेट तथा Nora Fatehi ले दर्शकलाई मनोरञ्जन दिनेछन्। अमेरिकाको लस एन्जलसमा हुने तेस्रो समारोहमा क्याटी पेरी, फ्युचर, अनित्ता, लिसा, रेमा र टाइलाको प्रस्तुति रहनेछ। 

उद्घाटन खेलमा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्। फिफा अध्यक्ष Gianni Infantino ले यस विश्वकपलाई “फुटबल, संगीत र संस्कृतिको विश्वव्यापी उत्सव” का रूपमा वर्णन गरेका छन्। 

१०४ खेल समावेश हुने यो संस्करण विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ। प्रतियोगिताको फाइनल जुलाई १९ मा हुने तालिका छ।

  • Jigyasanepal

थप