Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

गुटबन्दीले प्रतिस्पर्धालाई व्यक्तिगत रिसइबीमा परिणत गर्छ : गोविन्द उप्रेती

युवापुस्ताले राजनीति भविष्यको बाटो आँफैले खोज्नु पर्छ: उप्रेती

  •   २ वर्ष अघि | १५ पुस २०८१, सोमवार

प्रश्नोत्तर: युवा नेतृत्वको आवाज

-राजनीति विषय केन्द्रित युवा नेतृत्वमा आशाका एक उदयमान लिडर गोविन्द उप्रेतीसँगको विशेष संवादको केही संपादित अंश: 


परिचय

गोविन्द उप्रेती, काभ्रे जिल्ला बाट अनेरास्ववियुको सक्रिय सदस्यका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका, वर्तमानमा युवा राजनीतिका एक प्रेरणादायी व्यक्तित्व हुन्। २०६३ सालमा अनेरास्ववियुको प्रा.क. सचिवबाट सुरु भएको उनको राजनीतिक यात्रा क्षेत्रीय अध्यक्ष हुँदै जिल्ला कमिटीको अध्यक्षसम्म पुगेको थियो। यस क्रममा उनले राजनीति र व्यवसायलाई सँगै अघि बढाउँदै युवाहरूका लागि आत्मनिर्भर बनाउन सकिए मात्रै राजनीति भविष्यको बाटो बलियो बनाउन सकिन्छ भन्ने हेतुले केही बचेको समयमा व्यवसाय समेत गर्छन् उक्त आम्दानी बाट केही आर्थिक सुधार र समाजसेवाको कामले एक असल व्यक्तिको सन्देश फैलाउन सकेका छन् । यिनै उप्रेती सँगको दश प्रश्नमा केन्द्रित केही संपादित अन्तरवार्ता प्रस्तुत छ ।


१. तपाईंको प्रारम्भिक राजनीतिक यात्रा र यसले दिएको प्रेरणा के हो?

- मेरो राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भयो। २०६३ मा अनेरास्ववियुमा प्रा.क. सचिव भएपछि मैले सामाजिक न्याय र विद्यार्थी हक अधिकारका मुद्दामा काम गरेँ। संघर्षपूर्ण भए पनि यसले मलाई नेतृत्व गर्न र सामाजिक उत्तरदायित्व महसुस गराउन प्रेरित गर्यो। जसले गर्दा मैले भावी दिनको लागि केही पाईलाका लागि राम्रै संघर्षपूर्ण ती दिन बितेको ठान्छु अझै ती र त्यस्ता जस्तै कम संघर्षका दिन सकिएका छैनन भन्ने लाग्छ सायद यसले कति कसलाई प्रेरणा मिल्यो वहाँहरुले नैं मूल्यांकन गर्ने विषय हुन् ।

२. तपाईंले राजनीति र व्यवसायलाई कसरी सँगै अघि बढाउनु भएको छ?

- राजनीति सिर्फ सेवा हो भने व्यवसाय आत्मनिर्भरता हो। विगत सात वर्षदेखि व्यवसायमा संलग्न रहँदा मैले आफ्नो आर्थिक स्वतन्त्रता सुनिश्चित गरेँ। यसले राजनीति गर्दा हुने आर्थिक निर्भरतालाई कम गर्न मद्दत पुग्यो भन्ने ठान्छु ।

३. तपाईंको विचारमा, अहिलेको युवा राजनीति किन निष्क्रिय जस्तो देखिन्छ?

- धैर्यताको अभाव, राजनीतिलाई पेशा बनाउने प्रवृत्ति, र आर्थिक आत्मनिर्भरताको कमीले युवाहरू निष्क्रिय देखिएका हुन्। युवाहरूले राजनीति र पेशागत जीवनलाई सन्तुलित गरेर अघि बढ्न सके मात्र प्रभावकारी नेता बन्न सक्छन्।

४. विद्यार्थी राजनीतिमा तपाईंको योगदान र अनुभव कस्तो रह्यो?

- विद्यार्थी राजनीतिमा मैले शिक्षा, स्वास्थ्य, र रोजगारीजस्ता मुद्दाहरूमा काम गरेँ। त्यसबेला एक किसिमको अस्थिरता थियो दिनहुँ जस्ता विविध विद्यार्थीका विभिन्न मुद्दामा आन्दोलनले अधिकारका मुद्दामा जागरुकता ल्यायो। आजको विद्यार्थी राजनीति भने रोजगारमूलक र आत्मनिर्भर शिक्षाको वकालत गर्नुपर्ने देख्छु सायद केही सक्रिय रूपमा त्यस केन्द्रीत काम भएका पनि छन् ।


५. युवाहरूको विदेश पलायन रोक्न राजनीति कस्तो हुनुपर्छ?

- पलायन रोक्न युवाहरूलाई रोजगारका अवसर सिर्जना गर्नुपर्छ। कृषि आधुनिकीकरण, व्यवसायिक वातावरण सुधार, र स्वरोजगारका लागि नीतिगत कार्यक्रम ल्याउन सकिएमा युवाहरू विदेश जानु पर्ने अवस्था हट्छ। दीर्घकालीन नीति विधि र आभाव र अस्थिर राजनीतिको प्रभावले सबै क्षेत्रमा युवा प्रताडित छन् ।

६. राजनीतिलाई पेशा बनाउने प्रवृत्ति कति जायज छ?

- राजनीति पेशा होइन, समाजसेवा हो। आजको समयमा पूँजीको आवश्यकता राजनीतिमा महसुस भएको भए पनि यसलाई बैचारिक र मर्यादित रूपमा नियन्त्रण गर्नुपर्छ। राजनीति पदको लागि होइन, सेवाको लागि गरिनुपर्छ। तर अहिलेको अवस्थाले निष्ठाको राजनीति मारिरहेको परिस्थिति छ यसलाई हटाउन अब उत्पादन केन्द्रित आन्दोलन हुनु जरुरी ठान्छु । केही नेतृत्त्व वर्गले चाहे त्यो सम्भव पनि छ ।

७. गुटबन्दीले पार्टीलाई कस्तो असर गर्छ?

- गुटबन्दी पार्टीको गति रोक्ने प्रवृत्ति हो। स्वस्थ प्रतिस्पर्धा र विचार भिन्नता भने पार्टीको गहना हुन्। गुटबन्दीले प्रतिस्पर्धालाई व्यक्तिगत रिसइबीमा परिणत गर्ने भएकाले यसलाई रोक्नुपर्छ।

८. युवाहरूले राजनीतिमा कसरी अपग्रेड हुन सक्छन्?

- अपग्रेड हुनका लागि युवाहरूले आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ। आर्थिक, सामाजिक, र वैचारिक रूपमा सबल हुनुपर्छ। एमालेले युवाहरूलाई पर्याप्त अवसर दिएको भए पनि योजना र धैर्यता नभएकै कारण केही कुरामा चुक्दै धेरै पछाडि परेका पनि छन् केही धेरै आगाडी बढ्न सकेको उदाहरण पनि छन्।

९. विद्यार्थी राजनीतिमा संलग्न हुनुको महत्त्व के हो?

- विद्यार्थी राजनीति भनेको भविष्यका नेताहरू निर्माण गर्ने आधार हो। यसले समाजप्रति उत्तरदायी बन्न सिकाउँछ। आजको विद्यार्थी राजनीतिले आत्मनिर्भर शिक्षाको विषयमा काम गर्नुपर्छ।

१०. भविष्यमा तपाईंको योजना र युवाहरूलाई के सुझाव दिन चाहनुहुन्छ?

म राजनीति र व्यवसायलाई सँगै लैजाने योजना बनाइरहेको र गरिरहेको व्यक्ति पनि हुँ । युवाहरूलाई मेरो सुझाव के छ भने, आत्मनिर्भर भएर राजनीति गर्नुस्। केवल राजनीति नै सबथोक होइन। आफ्नो सीप र क्षमतालाई निखार्दै समाज र राष्ट्रको सेवामा लाग्नुस्। यसले मात्रै तपाईंको भावी पाइला बलियो बन्नेछ ।

११अन्त्यमा भन्नै पर्ने केही छुटेको भए ? 

- केही आफ्ना कुरा राख्न दिनुभएकोमा यस अनलाइन टिम लाई धन्यवाद । यस अनलाइनले युवा पुस्तालाई आफ्नो प्राथमिकतामा राखेकोमा खुशी छु । यो कायम रहोस् । 

**गोविन्द उप्रेतीसँगको यो अन्तरवार्ताले युवापुस्तालाई आत्मनिर्भरता र सकारात्मक सोचसहित अघि बढ्न प्रेरणा दिनेछ। राजनीति भनेको केवल पदको खेल होइन, यो समाजसेवाको गहन जिम्मेवारी हो भन्ने सन्देश फैलाउन उनले प्रयास गरिरहेका छन्। यस जिज्ञासा नेपाल अनलाइन हामी उनलाई भविष्यका लागि सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं।

  • Jigyasa media

थप