Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

काल्धर हुँदै कुरुवास, काकलिङ, तेमाल गाउँपालिका केन्द्रको बाटो हुँदै भकुण्डे निस्कने तयारी

काभ्रेको तेमाल गाउँपालिकामा पहिरो-प्रभावित क्षेत्रको पुनर्स्थापना कार्य तीव्र

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

काभ्रे । 

काभ्रेको तेमाल गाउँपालिकामा बाढी र पहिरोले यातायात ठप्प भएपछि, प्रभावित क्षेत्रहरूमा ग्रामीण कच्ची सडकहरुको पुनर्स्थापना कार्य तीव्र पारिएको छ। काल्धरबाट हिमपाइपको सहायताले मङ्गलटारमा रोकिएका गाडीहरूलाई वैकल्पिक मार्ग प्रयोग गरेर निकाल्ने प्रयास भइरहेको छ। काल्धर कुरुवास हुँदै भकुण्डेबाट खोला छिचोल्दै गाडीहरूलाई उपत्यका जाने सुरक्षित बाटो बनाउने काम अघि बढाइएको छ।


रोशी गाउँपालिका वडा नं. ९ र तेमाल गाउँपालिका वडा नं. ७ जोड्ने काल्धर बेसि जोड्नका लागि पनि काम भइरहेको छ। यस मार्गलाई पुनः सञ्चालनमा ल्याउन काल्धर हुँदै कुरुवास, काकलिङ, को बाटो भएर तेमालको बाटो हुँदै भकुण्डे निस्कने योजना पालिकाले अघि सारेको छ। यस कार्यले दुबै गाउँपालिकाबीचको यातायात सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।


चाडवाड नजिकिए सँगै स्थानीय सरकारलाई बाटो बिजुली खानेपानी बनाउन दबाब बढिरहेको छ ।  तेमाल गाउँपालिकाले 

प्रभावित क्षेत्रमा स्थानीय निकाय र समुदायको सहकार्यमा पुनःस्थापना कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने तयारी भइरहेको छ।


  • Jigyasa media

थप