Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

मेसीलाई पितृशोक, ६८ वर्षको उमेरमा पिता जर्जको निधन

  •   ३ महिना अघि | २४ साउन २०८३, आइतवार

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको खबर सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए र पछिल्ला महिनामा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइएको छ।

जर्ज मेसी छोराको फुटबल यात्राका सुरुदेखिका महत्वपूर्ण सहयोगी थिए। मेसीको बाल्यकालदेखि व्यावसायिक फुटबल करिअरसम्म उनले निरन्तर साथ दिएका थिए।

मेसी विश्व फुटबलमा स्थापित हुँदै गर्दा जर्जले उनको व्यावसायिक पक्ष व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले क्लबहरूसँगको सम्झौता तथा विभिन्न व्यावसायिक वार्तामा मेसीका प्रतिनिधिका रूपमा काम गरेका थिए।

जर्जको निधनपछि फुटबल जगत तथा अर्जेन्टिनाको फुटबल समुदायबाट मेसी र उनको परिवारप्रति समवेदना व्यक्त गरिएको छ। छोराको बाल्यकालदेखि विश्वस्तरीय फुटबल यात्रासम्म साथ दिएका पिताको निधन मेसी परिवारका लागि ठूलो व्यक्तिगत क्षति बनेको छ।

  • Jigyasanepal

थप