Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

स्कारपियो दुर्घटना: ८ को मृत्यु, ५ घाइते

  •   २ वर्ष अघि | २५ मंसिर २०८१, मङ्लबार

२५ मंसिर, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकै पूर्वपश्चिम राजमार्गमा भएको स्कारपियो गाडी दुर्घटनामा ८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।

निजगढबाट चपुरतर्फ जाँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कारपियो जंगल क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। मृतकमा सिरहाको अर्नमा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र अर्नमा–५ बलुवाटोलका ४० वर्षीय चालक श्रीकुमार यादव रहेका छन्।

घटनामा घाइते हुनेहरूमा अर्नमा–३ की ३० वर्षीया राधा राम, उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा रहेका छन्। घाइतेहरूलाई वीरगञ्जस्थित बयोधा अस्पताल र हाइवे ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गाडी तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप