काठमाडौं । देशका अधिकांश भू–भागमा आज मौसम बदली रहने मौसम पूर्वानुमान गरिएको छ। केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
दिउँसो बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षाको सम्भावना छ। कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।
मधेश, कोशी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकीका विभिन्न भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसमविद्हरूले जनाएका छन्।
रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना छ।
तराईका थोरै स्थानमा समेत राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा राति पनि भारी वर्षाको जोखिम रहेको छ।
-
Jigyasanepal