Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  •   २ महिना अघि | २४ भदौ २०८३, बुधबार

काठमाडौं । देशका अधिकांश भू–भागमा आज मौसम बदली रहने मौसम पूर्वानुमान गरिएको छ। केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ।

दिउँसो बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षाको सम्भावना छ। कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।

मधेश, कोशी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकीका विभिन्न भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसमविद्हरूले जनाएका छन्।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना छ।

तराईका थोरै स्थानमा समेत राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा राति पनि भारी वर्षाको जोखिम रहेको छ।

  • Jigyasanepal

थप