Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

ब्लड क्यान्सर पीडित १२ वर्षिय सुमन सिङ्तान बचाउन आर्थिक सहयोगको अपिल

  •   २ वर्ष अघि | १३ भदौ २०८१, बिहिबार

काभ्रे । काभ्रे जिल्लाको खानीखोला-६ सालधारामा बसोबास गर्ने हस्त बहादुर सिङतानको परिवार अहिले जीवनकै कठोरतम् घडीसँग जुधिरहेका छन्।

बुवा हस्त बहादुर सिङतान आफ्नो परिवारको उज्ज्वल भविष्यका लागि घर-देश छोडेर मलेसियामा पसिना बगाइरहेका छन्। तर, यतिबेला समयले उनीहरूको जीवनमा यस्तो आँधी ल्यायो, जसले परिवारको अस्तित्वलाई नै चुनौती दिइरहेको छ । 


हस्त बहादुरको १२ वर्षीय छोरा सुमन सिङतानलाई केही महिना अघि देखि ब्लड क्यान्सर (रक्त क्यान्सर) भएको पत्ता लाग्यो। सुमन, जो उमेरले मात्र बालक छन्, अहिले काठमाडौको कान्ति बाल अस्पतालमा उपचार गराइरहेका छन्। जीवनसँगको यो संघर्षमा सुमनको धैर्य र साहस अटुट छ, तर परिवारको आर्थिक अवस्था कमजोर छ।  

अस्पतालको आधिकारिक रिपोर्ट 

सुमनको उपचारका लागि अत्यधिक खर्च आवश्यक परिरहेको छ, जुन हस्त बहादुरले मलेसियामा कमाएको थोरै आम्दानीले धान्न सम्भव छैन। आमा फूलमाया सिङतान दिन-रात अस्पतालको बेडमा बसेर छोरालाई बचाउन धाइरहेकी छिन् भगवान संग बिन्ती गरिरहेकी छिन्, तर उनको आँसु र चिन्ता सँगसँगै बगिरहेको छ यतिबेलाको आमासँग भएको र बुवाले कमाएको पैसा खर्च भइसकेको छ अबका दिन चुनौती थपिए पछि सहयोगको अपेक्षा सहित परिवारले अपिल गरिरहेको छ । 

अस्पताल बेडमा सुमन

यस्तो अवस्थामा, सुमनको जीवन बचाउन तपाईंको सानो सहयोगले ठुलो अर्थ राख्न सक्छ। 

सहयोग को लागि बैंक विवरण:

- **बैंक:** ग्लोबल आइएमई बैंक

- **खाता नम्बर:** 21607010001550

- **खाताधनी:** (आमा) फूलमाया सिङतान

- **सम्पर्क नम्बर:** 9746441605

 सुमनको उपचारका लागि तपाईँले गर्नुभएको सानो योगदानले यो परिवारलाई नयाँ आशा दिन सक्छ। तपाईँको सहयोग सुमनलाई नयाँ जीवन दिने ठुलो सहारा बन्न सक्छ। कृपया, तपाईंको साथ दिनुहोस् र सुमनको जीवन बचाउन मद्दत गरौँ। 

  • Jigyasa media

थप