Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

सिरहा, असोज ९ – सिरहाको औरही गाउँपालिका-३ खजनपुर टोलमा छोराको कुटपिटबाट ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, सोमबार साँझ घरेलु विवादको क्रममा भालेश्वर यादवमाथि उनका छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए। गम्भीर घाइते भएका भालेश्वरलाई प्राथमिक उपचारका लागि सिरहाको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए।

घटनापछि प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ। मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ।

प्रहरीले शैलेन्द्र यादवविरुद्ध कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।


  • Jigyasa media

थप