Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

मेसीको जादु कायम : अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउँदै ‘गोल्डेन बुट’को दौडमा एम्बाप्पेलाई उछिने

  •   २ महिना अघि | ३२ असार २०८३, बिहिबार

काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै टोलीलाई लगातार दोस्रो पटक फाइनलमा पुर्‍याएका छन्। इंग्ल्यान्डविरुद्धको रोमाञ्चक सेमिफाइनलमा दुई निर्णायक असिस्ट गर्दै मेसीले अर्जेन्टिनाको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्।

यस प्रदर्शनसँगै मेसी ‘गोल्डेन बुट’ (सर्वाधिक गोलकर्तालाई प्रदान गरिने पुरस्कार) को दौडमा पनि फ्रान्सका कप्तान किलियन एम्बाप्पेभन्दा अघि पुगेका छन्।

हालसम्म जारी विश्वकपमा मेसी र एम्बाप्पे दुवैले ८–८ गोल गरेका छन्। तर मेसीको ४ असिस्ट रहेकाले उनी शीर्ष स्थानमा पुगेका छन् भने एम्बाप्पेको नाममा ३ असिस्ट मात्रै छ।

विश्वकप इतिहासमा सर्वाधिक ३३ खेल खेलिसकेका मेसीले हालसम्म २१ गोल र ११ असिस्टको कीर्तिमान बनाएका छन्। अर्कोतर्फ २६ वर्षीय एम्बाप्पेले विश्वकपमा २० गोल पूरा गरिसकेका छन्।

अब अर्जेन्टिनाले सोमबार हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ भने सेमिफाइनलमा स्पेनसँग पराजित भएको फ्रान्सले शनिबार इंग्ल्यान्डसँग तेस्रो स्थानका लागि खेल्ने तालिका छ।

यता नर्वेका एर्लिङ हालान्डले प्रतियोगितामा ७ गोल गरे पनि उनको टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेकाले गोल्डेन बुटको दौडबाट लगभग बाहिरिएको छ।

विश्वकपमा व्यक्तिगत रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कारमध्ये एक मानिने ‘गोल्डेन बुट’ सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ। गोल संख्या बराबर भएमा असिस्ट र त्यसपछि कम खेल समय खेलेको आधारमा विजेता निर्धारण गरिन्छ।

स्मरण रहोस्, सन् २०२२ को फिफा विश्वकपमा किलियन एम्बाप्पेले गोल्डेन बुट जितेका थिए।

  • Jigyasanepal

थप