Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

रोनाल्डो र जर्जिनाको विवाह, पाँचै सन्तान बने समारोहका साक्षी

  •   १ महिना अघि | २७ साउन २०८३, बुधबार

काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्।

सन् २०१६ मा स्पेनको म्याड्रिडमा पहिलो भेट भएपछि प्रेम सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमार्फत विवाहको खबर सार्वजनिक गरेका हुन्। उनीहरूले विवाहको औँठी देखाउँदै खिचिएको तस्बिरसमेत सार्वजनिक गरेका छन्।

४१ वर्षीय रोनाल्डोले आफ्नो क्लब अल नासरले २०२६–२७ सिजनको साउदी प्रो लिग अभियान सुरु गर्नुभन्दा चार दिनअघि विवाह गरेका हुन्।

विवाह समारोह पोर्चुगलको राजधानी लिस्बनबाट करिब २० माइल पश्चिममा रहेको समुद्री तटीय सहर कास्काइसमा भएको जनाइएको छ। विशेष समारोहमा रोनाल्डो र जर्जिनाका पाँचै सन्तान सहभागी भएका थिए।

रोनाल्डो र जर्जिना लामो समयदेखि सँगै रहँदै आएका थिए। विवाहसँगै उनीहरूको सम्बन्धले औपचारिक रूप पाएको छ।

फुटबल करियरमा रोनाल्डोले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस, अल नासर तथा पोर्चुगल राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। उनको नाम विश्व फुटबलका सर्वाधिक सफल गोलकर्तामध्ये अग्रस्थानमा पर्छ र करियरमा उनले झण्डै १,००० गोल पूरा गरिसकेका छन्।

  • Jigyasanepal

थप