Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

रोनाल्डो र जर्जिनाको विवाह, पाँचै सन्तान बने समारोहका साक्षी

  •   ३ महिना अघि | २७ साउन २०८३, बुधबार

काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्।

सन् २०१६ मा स्पेनको म्याड्रिडमा पहिलो भेट भएपछि प्रेम सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमार्फत विवाहको खबर सार्वजनिक गरेका हुन्। उनीहरूले विवाहको औँठी देखाउँदै खिचिएको तस्बिरसमेत सार्वजनिक गरेका छन्।

४१ वर्षीय रोनाल्डोले आफ्नो क्लब अल नासरले २०२६–२७ सिजनको साउदी प्रो लिग अभियान सुरु गर्नुभन्दा चार दिनअघि विवाह गरेका हुन्।

विवाह समारोह पोर्चुगलको राजधानी लिस्बनबाट करिब २० माइल पश्चिममा रहेको समुद्री तटीय सहर कास्काइसमा भएको जनाइएको छ। विशेष समारोहमा रोनाल्डो र जर्जिनाका पाँचै सन्तान सहभागी भएका थिए।

रोनाल्डो र जर्जिना लामो समयदेखि सँगै रहँदै आएका थिए। विवाहसँगै उनीहरूको सम्बन्धले औपचारिक रूप पाएको छ।

फुटबल करियरमा रोनाल्डोले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस, अल नासर तथा पोर्चुगल राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। उनको नाम विश्व फुटबलका सर्वाधिक सफल गोलकर्तामध्ये अग्रस्थानमा पर्छ र करियरमा उनले झण्डै १,००० गोल पूरा गरिसकेका छन्।

  • Jigyasanepal

थप