Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

यू-१९ विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली सार्वजनिक, नरेन भट्ट कप्तान

  •   १ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

चैत २६, काठमाडौं — नेपालमा अप्रिल १३ देखि सुरु हुने आईसीसी यू-१९ पुरुष विश्वकप छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

मंगलबार सार्वजनिक गरिएको अन्तिम टोलीमा नरेन भट्टले कप्तानीको जिम्मेवारी सम्हाल्ने भएका छन्।

घोषित टोलीमा समावेश अन्य खेलाडीहरूमा अविषेक तिवारी, निरज कुमार यादव, शाहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलशाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिन पी शर्मा रहेका छन्।

नेपालले घरेलु मैदानमा आयोजना गर्न लागेको यस छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ। प्रतियोगिता मार्फत विजेता टोलीले २०२४ यू-१९ पुरुष विश्वकप खेल्ने अवसर पाउनेछ। 


  • Jigyasa media

थप