Breaking News
पाँच प्रदेशमा बादल लाग्ने, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||    

राप्रपाले पनि प्रम ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने

  •   २ वर्ष अघि | २७ असार २०८१, बिहिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । सो पार्टीको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

एमालेसहित सरकारमा सहभागी साना दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले भोलि (शुक्रबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता गठबन्धन गरेर नयाँ सरकार बनाउन थालेपछि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । अब बन्ने नयाँ सरकारलाई अन्य दलहरुले पनि समर्थन गरेका छन् ।

  • Jigyasa media

थप