Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज

  •   ३ महिना अघि | ७ साउन २०८३, बिहिबार

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक तथा वैचारिक नेतृत्वकर्ता पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दल तथा शुभेच्छुक संस्थाहरूले पुष्पलालको योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धाञ्जली सभा र स्मरण कार्यक्रम आयोजना गरेका छन्।

वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक अभियन्ता मानिन्छन्। उनले प्रवासमा रहेर कम्युनिस्ट आन्दोलनलाई संगठित गर्दै वि.सं. २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरेका थिए।

सहिद गंगालालका भाइसमेत रहेका पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनले विभिन्न पुस्तक तथा लेखमार्फत नेपाली समाजको वर्गीय विश्लेषण गर्दै कम्युनिस्ट आन्दोलनको वैचारिक आधार निर्माणमा महत्वपूर्ण योगदान दिएका थिए।

कम्युनिस्ट पार्टी स्थापना हुनुअघि उनले वि.सं. १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए। पञ्चायती व्यवस्थाविरुद्ध लोकतान्त्रिक शक्तिहरूसँग संयुक्त आन्दोलन आवश्यक रहेको उनको राजनीतिक दृष्टिकोण थियो।

वि.सं. २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा पुष्पलालको निधन भएको थियो। त्यसयता हरेक वर्ष साउन ७ गते उनको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको छ।

यस अवसरमा नेकपा (एमाले) को राजधानी प्रदेश कमिटीसहित विभिन्न कम्युनिस्ट दल तथा संगठनहरूले देशका विभिन्न स्थानमा श्रद्धाञ्जली तथा विचारमूलक कार्यक्रम आयोजना गरेका छन्।

  • Jigyasanepal

थप