स्थानीयस्तरमै उपचार सेवा सहज बनाउने उद्देश्यले अत्यावश्यक औषधि उपलब्ध, स्वास्थ्य चौकी प्रमुख कोइरालाद्वारा आभार व्यक्त
जिज्ञासा नेपाल | काभ्रे
काभ्रे । सामान्य बिरामी हुँदा पनि औषधि र उपचारका लागि टाढा धाउनुपर्ने स्थानीयको बाध्यता कम गर्ने उद्देश्यले नमोबुद्ध नगरपालिका–१० स्थित पुरानागाउँ स्वास्थ्य चौकीलाई दुई समाजसेवीले औषधि सहयोग गरेका छन्।
समाजसेवी परीक्षण हुमागाई र जीवन लामाले स्वास्थ्य चौकीलाई विभिन्न अत्यावश्यक औषधि उपलब्ध गराएका हुन्। स्थानीय नागरिकले आफ्नै ठाउँमा सहज रूपमा स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले औषधि सहयोग गरिएको परीक्षण हुमागाईले बताए।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राज्यको प्रयाससँगै नागरिक र सामाजिक व्यक्तित्वको सहयोग पनि आवश्यक रहेको उल्लेख गर्दै हुमागाईले सबैले आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्ने धारणा राखे।

स्वास्थ्य चौकीलाई औषधि उपलब्ध गराएकोमा स्वास्थ्य चौकी प्रमुख टिकानिधि कोइरालाले दुवै समाजसेवीप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
स्वास्थ्य चौकीमा आवश्यक औषधि उपलब्ध हुँदा सामान्य स्वास्थ्य समस्या भएका स्थानीयले गाउँमै उपचार तथा सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

स्थानीय स्वास्थ्य संस्थालाई लक्षित गरी गरिएको यस्तो सहयोगले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच बढाउन र नागरिकलाई आधारभूत उपचारका लागि टाढा जानुपर्ने अवस्था कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै गरिएको यो पहलले स्थानीय स्वास्थ्य सेवामा समुदायको सहभागिता र सहकार्यको महत्त्वसमेत उजागर गरेको छ।
-
Jigyasanepal