Breaking News
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||    

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

  •   २ घण्टा अघि | १६ कार्तिक २०८३, सोमवार

देशभर आंशिक बदली रहने, तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्न सक्ने

जिज्ञासा नेपाल | मौसम समाचार

काठमाडौं । देशका अधिकांश क्षेत्रमा सोमबार आंशिक बदली रहने भएको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

राति तराई र उपत्यकामा हुस्सु

आज राति हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। विशेषगरी बिहानको समयमा हुस्सु र कुहिरोका कारण दृश्यता कम हुन सक्ने भएकाले सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

  • Jigyasanepal

थप