Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

मदन पुरस्कारका लागि ५ पुस्तकको सूची सार्वजनिक

यस्तो छ मदन पुरस्कारको स्थापना, उद्देश्य र इतिहास

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

जिज्ञासा नेपाल

८ साउन २०८१, मंगलबार


काठमाडौँ – मदन पुरस्कार गुठीले २०८० सालका लागि पाँच शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ। २०८० सालमा प्रकाशित पुस्तकहरू मध्ये गुठीलाई प्राप्त ३०४ पुस्तकबाट यो सूची छनोट गरिएको हो।


गुठीले छनोट गरेका पाँच शीर्ष पुस्तकहरू:

1. मोहन मैनालीको ‘मुकाम रणमैदान’

2. भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’

3. जीवन क्षेत्रीको ‘नुन–तेल’

4. भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’

5. रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’


यी पाँच पुस्तक मध्ये एकले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ। पुरस्कार आगामी असोजमा वितरण गरिनेछ।                      मदन पुरस्कारको स्थापना र इतिहास 


मदन पुरस्कार नेपालको साहित्यिक क्षेत्रको एक प्रतिष्ठित पुरस्कार हो। यो पुरस्कार वि.सं. २०१२ मा श्रीमती जगदम्बा कुमारि देवीले आफ्नो पति, मदन शमशेर राणाको सम्झनामा स्थापना गरेकी थिइन्।


यस पुरस्कारको उद्देश्य:

मदन पुरस्कार नेपाली भाषामा लेखिएका उत्कृष्ट पुस्तकलाई प्रदान गरिन्छ। यसले नेपाली साहित्यको प्रोत्साहन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।


मदन पुरस्कारको इतिहास:

- पहिलो पुरस्कार सत्य मोहन जोशी हुन भने र मदन पुरस्कारको पहिलो महिला विजेता पारिजात हुन्, जसले वि.सं. २०१९ मा प्रकाशित उपन्यास ‘शिरीषको फूल’ का लागि यो पुरस्कार प्राप्त गरेकी थिइन्।

- पुरस्कार राशी: सुरुवाती समयदेखि नै यो पुरस्कार नेपाली साहित्यिक क्षेत्रको एक प्रतिष्ठित सम्मान मानिन्छ। प्रारम्भमा पुरस्कार राशी रू. ४०० थियो, जुन समयसँगै बढ्दै गइरहेको छ।


 पुरस्कृत कृतिहरू:

मदन पुरस्कार पाउने पुस्तकहरूमा उपन्यास, कविता संग्रह, निबन्ध संग्रह, जीवनी र अन्य विधाका पुस्तकहरू परेका छन्। यसले नेपाली साहित्यका विभिन्न विधाहरूलाई प्रोत्साहित गर्ने काम गरेको छ।

मदन पुरस्कारले नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएका साहित्यकारहरूलाई सम्मान गर्ने परम्परा कायम राखेको छ। यो पुरस्कारले साहित्यकारहरूलाई थप सृजनशीलता र प्रेरणा प्रदान गर्ने काम गर्दै आएको छ।


  • Jigyasa media

थप