नेपालगञ्ज। कृषि क्षेत्रमा नयाँ सम्भावना खोज्दै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९, लगदहवामा कृषि विषयमा स्नातक (BSc Ag) अध्ययनरत तीन जना युवाहरु वेदराज आचार्य ,अशिम सिग्देल ,चेतन केसीले तिहारलाई लक्षित गरी व्यावसायिक सयपत्री फूल खेती सुरु गरेका छन्।
कृषि क्षेत्रमै केही नयाँ गर्ने र अध्ययनबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यसहित खेतीमा जुटेका युवाहरूले स्थानीय बजारमा स्वदेशी फूलको उपलब्धता बढाउने लक्ष्य लिएका छन्।
फिट फर्म (FIT FARM) मार्फत गरिएको यस पहलले स्थानीय स्तरमै फूल उत्पादनलाई प्रोत्साहन गर्नुका साथै कृषि उद्यममा युवाको आकर्षण बढाउन र व्यावसायिक कृषिको सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तिहार तथा अन्य शुभकार्यका लागि सयपत्री फूल र माला अर्डर एवं बुकिङका लागि :
📍 स्थान: नेपालगञ्ज–१९, लगदहवा, बाँके
📞 सम्पर्क: ९८६९८५१४६३
-
Jigyasanepal