Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार

  •   २ घण्टा अघि | १३ कार्तिक २०८३, शुक्रबार

‘मध्यको उज्यालो’ र ‘लाहुरेली सौन्दर्य’ संयुक्त रूपमा पुरस्कृत, दुवै स्रष्टाले जनही एक लाख रुपैयाँ र ताम्रपत्र पाउने

जिज्ञासा नेपाल | साहित्य

धरानबाट प्रदान गरिँदै आएको प्रतिष्ठित ‘विमल गुरुङ कृति पुरस्कार’ यस वर्ष दुई निबन्धकारका कृतिलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। कवि, उपन्यासकार तथा निबन्धकार भूपिनको निबन्धसंग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको ‘लाहुरेली सौन्दर्य’ पुरस्कारका लागि छनोट भएका हुन्।

विमल गुरुङ पुस्तकालयको व्यवस्थापन समितिले बुधबार बसेको बैठकपछि दुवै कृतिलाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय सार्वजनिक गरेको हो।

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार आगामी कात्तिक १९ गते पुस्तकालय परिसरमा आयोजना हुने विशेष समारोहमा दुवै सर्जकलाई पुरस्कार तथा ताम्रपत्र प्रदान गरिनेछ। उक्त समारोह विमल गुरुङको ५५औँ जन्मजयन्ती र ३५औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा आयोजना हुँदैछ।

पुरस्कारको कुल राशि दुई लाख रुपैयाँ रहेको छ। संयुक्त रूपमा पुरस्कार प्रदान गरिने भएकाले दुवै सर्जकले जनही एक लाख रुपैयाँ र ताम्रपत्र प्राप्त गर्नेछन्।

नेपाली साहित्यमा योगदान पुर्‍याउने उत्कृष्ट कृतिलाई सम्मान गर्दै आएको यस पुरस्कारबाट गत वर्ष पत्रकार तथा लेखक वसन्त बस्नेतको उपन्यास ‘सिमसारा’ पुरस्कृत भएको थियो।

यस वर्ष निबन्ध विधाका दुई कृति एकैपटक सम्मानित हुनुले नेपाली निबन्ध साहित्यको सिर्जनात्मक विविधता र सर्जकहरूको योगदानलाई थप पहिचान दिएको छ।

  • Jigyasanepal

थप