Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

रसुवा बाढीबारे संसदमा विशेष प्रस्ताव पेश हुँदै

  •   २ महिना अघि | १७ भदौ २०८३, बुधबार

काठमाडौं — प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सभामुख डोलप्रसाद अर्यालले बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावतीसहित नुवाकोट, धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका क्षेत्रमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्ने प्रस्ताव छ।

विशेष प्रस्तावमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा बेपत्ता नागरिकको खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिनेछ। साथै, बाढीबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइनेछ।

पर्यटन क्षेत्रमा परेको असरबारे पनि छलफल

यसैबीच, आज बिहान ९ः३० बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बस्दैछ। समितिमा रसुवा बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुनेछ।

त्यस्तै, दिउँसो १२ः१५ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। उक्त बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

  • Jigyasanepal

थप