Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

रवि लामिछाने पोखरा ल्याइए, आइतबार अदालतमा उपस्थित गराइने

  •   २ वर्ष अघि | ३ कार्तिक २०८१, शनिबार

कात्तिक ३, पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरासँग जोडिएको सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गए राति पोखरा ल्याइएको छ।

जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न अनुमति दिएपछि शुक्रबार काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई सडक मार्गबाट पोखरा ल्याइएको हो।

लामिछानेको स्वास्थ्य परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो, र उनलाई शनिबार बिहान ३ बजे देखि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ।

सरकारी बिदा परेकाले उनी आइतबार मात्र अदालतमा उपस्थित गराइने भएको छ।



  • Jigyasa media

थप