Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

काभ्रेको बनेपामा टिभिएसको नयाँ शोरूम: स्थानीय समुदायको लागि नयाँ सुविधा

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

काभ्रे । निर्भीद मोटर्स प्राइभेट लिमिटेडले काभ्रेको बनेपा नगरपालिका-८, स्थित तिनदोबाटोमा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ। काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले रिबन काटेर शोरूमको उद्घाटन गरे।


कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले विद्युतीय सवारी बिक्री गर्ने कम्पनीलाई सदैव साथ दिने प्रतिवद्धता जनाए। उनले बनेपाको सौन्दर्य र वायु प्रदूषण न्यूनीकरणमा विद्युतीय सवारीको आवश्यकता रहेको स्पष्ट पारे।


निर्भीद मोटर्सका सञ्चालक रुपेश श्रेष्ठका अनुसार, नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटरका आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ। शोरूममा विभिन्न टिभिएस मोडेल उपलब्ध हुनेछ, साथै स्पेयर पार्ट्स र सवारीसाधन मर्मत सम्भारका सेवा पनि प्रदान गरिनेछ।


नेपालमा टिभिएसका दुईपाँग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.ली. हो। देशभरि १५० भन्दा बढी डिलरको बलियो सञ्जाल रहेको टिभिएसले गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा, र देशभर जगेडा पार्टपूर्जाको उपलब्धताका कारण ग्राहकलाई सन्तुष्ट पार्न सफल भएको छ।


टिभिएस नेपालमा सर्वाधिक रुचाइएको दुईपांग्रे सवारी ब्राण्डका रूपमा स्थापित हुन पुगेको छ। यस नयाँ शोरूमले स्थानीय उपभोक्ताहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास गरिएको छ।


  • Jigyasa media

थप