Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा मोरङमा एक व्यक्तिको मृत्यु

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

विराटनगर – मोरङको ग्रामथान गाउँपालिका–२ मा बुधबार दिउँसो बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। मृत्यु हुनेमा ५० वर्षीय जगदीश सरदार रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सरदारले आफ्नै घरमा बिजुलीको तार जडान गर्ने क्रममा दिउँसो १ बजेतिर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर कृष्णबहादुर खत्रीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ। यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सरदारको असामयिक मृत्युले गाउँमा शोकको छाया छाएको छ भने बिजुली जडानका क्रममा आवश्यक सुरक्षाका उपायहरू अपनाउन स्थानीयवासीलाई सचेत गराइएको छ।


  • Jigyasa media

थप