Breaking News
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||    

एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औँ प्रधानमन्त्री नियुक्त हुँदै

  •   २ वर्ष अघि | ३० असार २०८१, आइतवार

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिअनुसार ओलीले आज चौथोपटक मुलुकको प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेका हुन् ।


कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार नयाँ सरकार गठनका लागि दाबी पेस गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न संसदमा रहेका दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए । राष्ट्रपतिले दाबी पेस गर्न दिएको समयावधि आइतबार साँझ ५ बजे सकिँदै छ ।


आइतबार साँझ ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । आज प्रधानमन्त्री नियुक्त भएपछि सम्भवतः सोमबार प्रधानमन्त्रीको शपथग्रहण हुनेछ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।


कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष शुक्रबार साझैँ प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । सत्ता सहयात्रा गर्न लागेका संसदको पहिलो र दोस्रो ठूला दल कांग्रेस र एमालेले आजै सबै मन्त्रीको टुंगो लगाउने जनाएका छन् ।

  • Jigyasa media

थप