Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न

  •   ५६ मिनेट अघि | १८ असोज २०८३, आइतवार

काभ्रे । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–७ धाप्लेमा रहेको श्री साङ्‌तोक पालरी कृषि सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।


संस्थाका अध्यक्ष रत्नबहादुर घिसिङको सभापतित्व तथा खानीखोला गाउँपालिका–७ का वडाध्यक्ष रामबहादुर मोक्तानको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।


संस्थाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक साधारण सभा शेयर सदस्यहरूको सहभागितामा आयोजना गरिएको थियो। सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरिएको जनाइएको छ।


कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष राम बहादुर मोक्तानले स्थानीयस्तरमा कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि तथा सदस्यहरूको आर्थिक उन्नतिमा सहकारीको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए।


सभाका सभापति एवं संस्थाका अध्यक्ष घिसिङले सहकारीलाई सदस्यकेन्द्रित बनाउँदै कृषि तथा स्थानीय उत्पादनसँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सहकारीले ग्रामीण जनजिविकाको सवालमा बिबिध कार्यक्रम कृषकस्तर बाट जोडिएर गर्दै आएको छ । 

साधारण सभा सभ्य र भव्य रूपमा सम्पन्न भएको संस्थाले जनाएको छ।

  • Jigyasanepal

थप