काठमाडौं, असोज १४ । देशभर आज मौसममा आंशिक बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति तराईमा मौसम सफा रहने
रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहनेछ।
यता, देशका तराई भू–भागमा राति मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। यद्यपि कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
समग्रमा आज हिमाली र पहाडी क्षेत्रमा मौसम बदलीसँगै हल्का वर्षा तथा हिमपातको सम्भावना रहे पनि तराई क्षेत्रमा मौसम तुलनात्मक रूपमा सफा रहने देखिएको छ।
-
Jigyasanepal