Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

अन्तर्राष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिपमा रमिला लामाको स्वर्ण जित :गाउँपालिका अध्यक्ष अधिकारीद्वारा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त

  •   १ वर्ष अघि | ४ साउन २०८२, आइतवार

बेथानचोक। बेथानचोक गाउँपालिका–५ स्थित टाङ्गी टोल निवासी रमिला लामाले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हात पार्दै कोरियामा जारी सङनाम कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जित्न सफल भएकी छन्। रमिला नेपाल प्रहरी क्लबकी अब्बल तेक्वाण्डो खेलाडी हुन्।

उक्त उपलब्धिप्रति खुसी व्यक्त गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रमिलालाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्। उनले भने, "गाउँको छोरीले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण जितेर नेपालको गौरव बढाएकी छिन्। यो सम्पूर्ण काभ्रेली समाजका लागि गर्वको विषय हो। रमिलाले देखाएको लगन, मेहनत र समर्पण अनुकरणीय छ।"

रमिला लामा, बुबा झ्यामयाङ लामा र आमा मानकुमारी लामाकी सुपुत्री हुन्। तेक्वाण्डो खेलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी रमिलाको यो स्वर्ण पदकले आगामी दिनमा थप सफलताको ढोका खोल्ने विश्वास गरिएको छ।


उनको सफलताले स्थानीय तहमा खेलकुदको प्रवर्द्धन र बालबालिकामा प्रेरणा जगाउने काम गर्ने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ। साथै, उनले रमिलाको उज्वल भविष्यको कामनासहित अझ ठूलो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सधैं साथ र समर्थन रहने जनाए

  • Jigyasanepal

थप