काठमाडौं, असोज १३ । देशभर आज मौसम आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका अधिकांश भू–भागमा आंशिक बादल लाग्नेछ।
महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। अन्य क्षेत्रमा भने उल्लेख्य वर्षाको सम्भावना नरहेको जनाइएको छ।
रातिको समयमा पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आगामी अवधिमा हिमाली तथा पहाडी क्षेत्रमा मौसममा सामान्य बदली देखिए पनि ठूलो वर्षाको सम्भावना भने नरहेको पूर्वानुमान छ।
-
Jigyasanepal