Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

सुनचाँदी बजारमा पहिरो : सुन तोलामै ८ हजार २ सय रुपैयाँ घट्यो, चाँदी पनि ३३५ रुपैयाँले सस्तो

  •   ५ महिना अघि | २४ जेष्ठ २०८३, आइतवार

काठमाडौं, जेठ २४ । नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको हो।

अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर ३ लाख ८ सय रुपैयाँमा झरेको छ। गत साताको आइतबार भने सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको चाँदी आइतबार ३३५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३४५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्। एकैदिन सुनको मूल्यमा ठूलो गिरावट आएपछि बजारमा खरिदकर्ताको चासो बढ्न सक्ने अनुमान गरिएको छ भने लगानीकर्ताहरूले बजारको आगामी दिशातर्फ चासोपूर्वक नजर लगाएका छन्।

  • Jigyasanepal

थप