Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

सुनचाँदी बजारमा पहिरो : सुन तोलामै ८ हजार २ सय रुपैयाँ घट्यो, चाँदी पनि ३३५ रुपैयाँले सस्तो

  •   २ महिना अघि | २४ जेष्ठ २०८३, आइतवार

काठमाडौं, जेठ २४ । नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको हो।

अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर ३ लाख ८ सय रुपैयाँमा झरेको छ। गत साताको आइतबार भने सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको चाँदी आइतबार ३३५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३४५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्। एकैदिन सुनको मूल्यमा ठूलो गिरावट आएपछि बजारमा खरिदकर्ताको चासो बढ्न सक्ने अनुमान गरिएको छ भने लगानीकर्ताहरूले बजारको आगामी दिशातर्फ चासोपूर्वक नजर लगाएका छन्।

  • Jigyasanepal

थप