Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन

  •   ६ महिना अघि | २२ बैशाख २०८३, मङ्लबार

काठमाडौं, बैशाख २२ (मङ्गलबार) — नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको भाउ आज तोलामा ३८ सय रुपैयाँले घटेको हो।

आज घटेसँगै सुनको मूल्य तोलाको २ लाख ९१ हजार रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ २ लाख ९४ हजार ८०० रुपैयाँ थियो। पछिल्ला तीन दिनमा मात्रै सुनको मूल्य कुल ५१ सय रुपैयाँले घटिसकेको छ—आइतबार १ हजार र सोमबार ३ सय रुपैयाँले घटेपछि मंगलबार ठूलो गिरावट देखिएको हो।

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा १५० रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँमा झरेको छ, जुन हिजो ५ हजार ३० रुपैयाँ थियो।

यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च रेकर्ड हो। त्यस्तै, सोही अवधिमा चाँदी पनि माघ १५ गते ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो, जुन यसको अहिलेसम्मकै उच्च मूल्य हो।

यद्यपि, माघ १८ गते भने चाँदीको मूल्य एकैदिन १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट मानिन्छ।

पछिल्ला दिनहरूमा देखिएको मूल्यको उतारचढावले बजारमा अन्योल बढाएको छ भने लगानीकर्ताहरूलाई सतर्क रहनुपर्ने संकेत पनि दिएको छ।

  • Jigyasanepal

थप