Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन

  •   ४ महिना अघि | २२ बैशाख २०८३, मङ्लबार

काठमाडौं, बैशाख २२ (मङ्गलबार) — नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको भाउ आज तोलामा ३८ सय रुपैयाँले घटेको हो।

आज घटेसँगै सुनको मूल्य तोलाको २ लाख ९१ हजार रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ २ लाख ९४ हजार ८०० रुपैयाँ थियो। पछिल्ला तीन दिनमा मात्रै सुनको मूल्य कुल ५१ सय रुपैयाँले घटिसकेको छ—आइतबार १ हजार र सोमबार ३ सय रुपैयाँले घटेपछि मंगलबार ठूलो गिरावट देखिएको हो।

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा १५० रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँमा झरेको छ, जुन हिजो ५ हजार ३० रुपैयाँ थियो।

यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च रेकर्ड हो। त्यस्तै, सोही अवधिमा चाँदी पनि माघ १५ गते ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो, जुन यसको अहिलेसम्मकै उच्च मूल्य हो।

यद्यपि, माघ १८ गते भने चाँदीको मूल्य एकैदिन १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट मानिन्छ।

पछिल्ला दिनहरूमा देखिएको मूल्यको उतारचढावले बजारमा अन्योल बढाएको छ भने लगानीकर्ताहरूलाई सतर्क रहनुपर्ने संकेत पनि दिएको छ।

  • Jigyasanepal

थप