Breaking News
कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||    

भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक

  •   १ घण्टा अघि | १६ असोज २०८३, शुक्रबार

काठमाडौं ।

गायक भक्त विश्व (भक्तराज विश्वकर्मा)को आवाज तथा नृपेश उप्रेतीको रचना र कम्पोजमा 'मायाको परीक्षा' बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका हुन् । 


'चोखो माया पिरतीले मानिसलाई जीवन मरणको दोसाँधसम्म पुर्‍याउने भाव लिएर स्रोतासमक्ष आएका छौँ', गीत सार्वजनिक गर्दै गायक भक्त विश्वले भनेका छन् 'जसलाई तपाईंको साथले अझ विशेष बनाउने छ ।'

गायक भक्त विश्व तथा गीतकार उप्रेती दुवै अहिले युकेको पिटरबरोमा बस्दै आएका छन् । उनीहरूले युकेमा सहकार्य गरेको यो पहिलो गीतको म्युजिक भिडियो 'खुशी इन्टरटेन्मेन्ट नेपाल' तथा 'बिआरबी संगीत'को संयुक्त नामबाट सार्वजनिक गरिएको छ । साथै टिकटक, फेसबुक तथा अडियो डिजिटल प्लाटफर्महरू स्पोटिफाइ, एप्पल म्युजिक, अमेजन म्युजिक, युट्युब म्युजिक आदिमा गीत एकैसाथ उपलब्ध रहेको 'बिआरबी संगीत च्यानल'ले बताएको छ ।

सुमन श्रेष्ठले म्युजिक भिडियो छायाकन तथा निर्देशन गरेको गीतमा गायक भक्त विश्वकै एकल अभिनय रहेको छ ।

  • Jigyasanepal

थप