Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

सेयर बजारमा दोहोरो दबाब, नेप्से २६.२९ अंकले घट्यो, सबै उपसूचक राताम्मे

  •   २ महिना अघि | २२ असार २०८३, सोमवार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै २६२७.११ विन्दुमा बन्द भएको छ। सोमबार नेप्से २६.२९ अंकले ओरालो लागेसँगै बजारका सबै उपसूचक पनि घटेका छन्।

आजको कारोबारमा ३५६ कम्पनीका ७५ लाख ४० हजार कित्ता सेयर ४६ हजार २४६ पटक खरिद–बिक्री हुँदा कुल ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो।

कारोबारमा ३४ कम्पनीको सेयर मूल्य बढ्दा २३९ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सोमबार स्नो रिभर्स, सानिगाड हाइड्रो र कालंगा हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा धेरै १३.७९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ सबैभन्दा अगाडि रह्यो। उक्त ऋणपत्रको मात्रै ५३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन बजारका १३ वटै उपसमूहका परिसूचक ओरालो लागेका छन्। तीमध्ये व्यापार उपसमूह सबैभन्दा धेरै ३.१५ प्रतिशतले घट्दै सर्वाधिक प्रभावित बनेको छ।

  • Jigyasanepal

थप