Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी

  •   १ महिना अघि | ९ असोज २०८३, शुक्रबार

काठमाडौँ, असोज ९ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शुक्रबार अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशमा भारीदेखि अति भारी वर्षासमेत हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था छ।

शुक्रबार बिहान ८ बजे जारी गरिएको मौसम पूर्वानुमानअनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभाव पनि छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यूनचापीय प्रणाली (डिप्रेसन) को प्रभावका कारण नेपालमा वर्षाको गतिविधि बढेको हो।

उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने र न्यूनचापीय प्रणालीकै रूपमा रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

दिउँसो कहाँ–कहाँ वर्षा?

दिउँसो देशभर अधिकांश क्षेत्रमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थान तथा सुदूरपश्चिमका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थान, कर्णालीका पहाडी क्षेत्रका अधिकांश स्थान तथा सुदूरपश्चिमका पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।

मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने तथा मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ।

राति पनि वर्षा कायमै रहने

राति पनि देशभर अधिकांश क्षेत्रमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका अधिकांश स्थान तथा कोशी र बागमतीका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका अधिकांश स्थान, कर्णालीका पहाडी क्षेत्रका अधिकांश स्थान तथा मधेस, कोशी र बागमतीका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थानमा राति पनि हावाहुरी चल्नसक्ने सम्भावना रहेको छ।

  • Jigyasanepal

थप