Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी संकलन, बाढीपीडितका लागि सहयोग जुट्ने क्रम जारी

  •   २ महिना अघि | १६ भदौ २०८३, मङ्लबार

काठमाडौं । रसुवा बाढीपछि बाढी तथा विपद् प्रभावितको उद्धार र राहतका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार सोमबार दिउँसोसम्म विभिन्न ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर सहयोग प्राप्त भएको छ। नेपाल राष्ट्र बैंकको सोमबारको विनिमय दरअनुसार उक्त रकम करिब ४८ करोड ६३ लाख ६२ हजार रुपैयाँ बराबर हुन्छ।

दुवै रकम जोड्दा राहत कोषमा हालसम्म ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी संकलन भएको हो।

प्रधानमन्त्री शाहले विभिन्न देश तथा संघसंस्थाबाट थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता प्राप्त भइरहेको जानकारी दिएका छन्। उनका अनुसार सरकारमार्फत विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउने काम भइरहेको छ।

सहयोगको विवरण सार्वजनिक गरिँदै

सरकारले राहत संकलन तथा वितरण प्रक्रियालाई पारदर्शी बनाउन ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालनमा ल्याएको छ। उक्त पोर्टलमार्फत स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।

सरकारले बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत परिचालनसँगै आगामी पुनःस्थापना र पुनर्निर्माणका लागि समेत स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

  • Jigyasanepal

थप