Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु

  •   १ घण्टा अघि | १७ असोज २०८३, शनिबार

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा पूर्व–पश्चिम राजमार्गबाट बस अनियन्त्रित भई नालामा पल्टिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बसमा चालकसहित १८ जना यात्रु सवार थिए।

दुर्घटनामा मृत्यु भएका व्यक्तिमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ। बाँकी पाँच मृतकको परिचय खुल्न बाँकी छ।

घाइते १० जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। दुर्घटनाको थप विवरण तथा मृतकको पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

  • Jigyasanepal

थप