काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका जगतबहादुर तामाङसहित हिम्लुङ हिमपहिरोमा ज्यान गुमाएका तीन जनाको शव आज राजधानी काठमाडौं ल्याइने भएको छ।
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालको आधार शिविरमा गत असोज ११ गते गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये बिहीबार आठ जनाको शव फेला परेको थियो। तीमध्ये काभ्रेको तेमाल गाउँपालिका–१ कल्लेरीपाखाका वृखध्वज तामाङ (लालध्वज) र ङेमा दोर्जे तामाङ (लवाङ) तथा तेमाल गाउँपालिका–५ का जगतबहादुर तामाङ रहेका छन्।
उनीहरूसहित हिमपहिरोमा हराएका १६ जनामध्ये हालसम्म १५ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।

-
Jigyasanepal