Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

यू-१९ विश्वकप छनोटमा नेपालको अपराजित यात्रा जारी, हङकङ ९ विकेटले पराजित

  •   १ वर्ष अघि | ३ बैशाख २०८२, बुधबार

काठमाडौं, वैशाख ३ – नेपाली यु-१९ क्रिकेट टोलीले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा अपराजित यात्रा कायम राख्दै बुधबार हङकङलाई ९ विकेटले हराएको छ। यो नेपालका लागि लगातार तेस्रो जित हो।

तल्लो मुलपानी मैदानमा हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले सहज रूपमा १२.३ ओभरमै पूरा गर्‍यो। ओपनर साहिल पटेल ४२ रनमा अविजित रहे भने कप्तान नरेन भट्टले ३९ रनको योगदान दिए। प्रारम्भिक ब्याट्सम्यान निरज यादवले २३ रन जोडे।

खेलको सुरुवातमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रनमै अलआउट भयो। हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन बनाए। आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए।

नेपालका बलरहरू प्रभावशाली देखिए। युवराज खत्रीले १० ओभरमा मात्र १८ रन खर्चिएर ४ विकेट लिए। बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए। सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट हात पारे।

यसअघि नेपालले युएई र ओमानलाई पराजित गरिसकेको छ। अब समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार अपराजित अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

आजको अर्को खेलमा अफगानिस्तानले युएईविरुद्ध ३५९ रनको विशाल योगफल खडा गरेको छ। यदि अफगानिस्तानले युएईलाई हरायो भने शनिबारको नेपाल–अफगानिस्तान भिडन्त निर्णायक हुनेछ।

  • Jigyasa media

थप