Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

आईपीएलमा पञ्जाबलाई ५० रनले हराउँदै राजस्थानको विजयी यात्रा दोब्बर

  •   १ वर्ष अघि | २४ चैत्र २०८१, आइतवार

चैत २४, काठमाडौं –

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा राजस्थान रोयल्सले लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ। शनिबारको खेलमा राजस्थानले पञ्जाब किङ्समाथि ५० रनको सशक्त जित हात पारेको हो।

पहिले ब्याटिङ गर्दै राजस्थानले २० ओभरमा २०५ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। जवाफी इनिङ्समा पञ्जाबले निर्धारित २० ओभरमै ९ विकेट गुमाएर १५५ रन मात्र बनायो।

पञ्जाबका लागि नेहाल वधेराले सर्वाधिक ६२ रन बनाए। उनले ग्लेन म्याक्सवेल (३० रन)सँग मिलेर पाँचौं विकेटका लागि ८८ रनको साझेदारी गरे। तर, १५औं ओभरको अन्तिम बलमा वधेरा र १६औं ओभरको पहिलो बलमा म्याक्सवेल आउट भएपछि पञ्जाबको पुनरागमनको प्रयास धरासायी भयो।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले घातक प्रदर्शन गर्दै ३ विकेट लिए। महीश थिक्साना र सन्दीप शर्माले २–२ विकेट लिए भने कार्तिकेया सिंह र वानिन्दु हसरंगाले १–१ विकेट हात पार्न सफल भए।

राजस्थानको जितसँगै टोली अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पञ्जाबको प्रदर्शनमा निरन्तरता नदेखिएको हो।



  • Jigyasa media

थप