Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

एनपीएलमा आज दुई रोचक भिडन्त : चितवन–कर्णाली र विराटनगर–पोखरा आमनेसामने

  •   ८ महिना अघि | २ मंसिर २०८२, मङ्लबार

काठमाडौँ, मंसिर २—

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज झनै रोमाञ्चक बन्दैछ, कारण—कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई ठूला प्रतिस्पर्धात्मक खेल हुँदैछन्। सोमबार विजयी सुरुआत गरेको काठमाडौँ गोर्खाजको प्रभावपछि आज मैदान उत्रने चार टोलीमा अतिरिक्त ऊर्जा र दबाब दुवै छ।


पहिलो खेल : चितवन राइनोज बनाम कर्णाली याक्स — बिहान ११:४५ बजे

पहिलो भिडन्तमा कुशल मल्ल को कप्तानीमा उत्रने चितवन राइनोज र सोमपाल कामी नेतृत्वको कर्णाली याक्स आमनेसामने हुनेछन्।

दुवै टोली आजकै खेलबाट लिगमा बलियो सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा झर्नेछन्। चितवन र कर्णाली दुवै टोली युवा ऊर्जा, छिटो रनरेट र तीव्र बलिङका लागि चर्चित भएकाले पहिलो खेल दर्शकलाई रोमाञ्चक हुने अपेक्षा।


दोस्रो खेल : विराटनगर किङ्ग्स बनाम पोखरा एभेन्जर्स

दोस्रो खेलमा सन्दीप लामिछाने को कप्तानीमा रहेको विराटनगर किङ्ग्स र कुशल भुर्तेल नेतृत्वको पोखरा एभेन्जर्स भिड्दैछन्।

दुवैले यसपटकको एनपीएलमा नयाँ रणनीति, नयाँ संयोजन र नयाँ मनोबलका साथ मैदानमा उत्रने तयारी गरेका छन्।

साविक विजेता जनकपुर बोल्ट्स चकित—काठमाडौँ गोर्खाजको उत्कृष्ट सुरुआत

प्रतियोगिताको पहिलो दिनमै काठमाडौँ गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्स लाई पाँच विकेटले पराजित गर्दै अङ्कतालिकामा पहिलो दुई अंक जोडिसकेको छ। यसले आजका चार टोलीलाई थप दवाबसहित प्रेरणा पनि दिएको छ।

बम्पर पुरस्कार र कडा प्रतिस्पर्धा

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मंसिर १ देखि सुरु भएको एनपीएल मंसिर २७ मा फाइनल का साथ सम्पन्न हुनेछ।

विजेताले रु. १ करोड १० लाख हात पार्ने व्यवस्था रहेकाले सबै टोली सर्वश्रेष्ठ प्रदर्शनका लागि जुझारु रूपमा मैदानमा उत्रिएका छन्।

  • Jigyasanepal

थप