Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ

  •   ५ महिना अघि | १४ जेष्ठ २०८३, बिहिबार

काठमाडौं ।

नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा स्थान सुरक्षित गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव उचालेका छन्। बिहीबार सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धामा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले शानदार जित निकालेका हुन्।

सुरुमा रविन्द्रको प्रतिस्पर्धा म्याट्टी इयानसँग हुने तय भएको थियो। तर चोटका कारण अन्तिम समयमा प्रतिद्वन्द्वी परिवर्तन भएपछि फिलिपिन्सका अलिन्टोजोनले प्रतिस्पर्धा गरेका थिए। प्रतिद्वन्द्वी फेरिए पनि रविन्द्रको आत्मविश्वास र आक्रामक खेलमा कुनै असर देखिएन। उनले उत्कृष्ट रणनीति र शक्तिशाली प्रदर्शनमार्फत सेमिफाइनल यात्रा तय गरे।

ब्यान्टमवेट तौल समूहमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रका लागि अबको लक्ष्य युएफसीको मुख्य स्टेजमा प्रवेश गर्नु हो। यदि उनले यो प्रतियोगिताको उपाधि जिते, नेपाली खेल इतिहासमै पहिलोपटक विश्वकै प्रतिष्ठित एमएमए प्रतियोगिता युएफसीमा नेपालबाट स्थायी प्रतिनिधित्व हुने सम्भावना बलियो बन्नेछ।

पछिल्लो समय नेपाली एमएमए क्षेत्रमा रविन्द्र ढाँट सबैभन्दा चर्चित नामका रूपमा उदाइरहेका छन्। उनले गत वर्ष भारतको ग्रेटर नोइडामा आयोजित ‘मेट्रिक्स फाइट नाइट १७’ मा भारतीय खेलाडी चुङरेन कवरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए। त्यही प्रदर्शनले उनलाई अन्तर्राष्ट्रिय स्तरमा थप चर्चित बनाएको हो।

रविन्द्रको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाली खेलकुदका लागि प्रेरणादायी क्षण पनि बनेको छ। क्रिकेट र फुटबलको लोकप्रियताबीच एमएमएमा नेपाली खेलाडीले विश्वस्तरमा आफूलाई स्थापित गर्दै जानु नयाँ पुस्ताका खेलाडीका लागि ठूलो ऊर्जा र सम्भावनाको संकेत बनेको छ।

  • Jigyasanepal

थप