Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण

  •   १ दिन अघि | ११ साउन २०८३, सोमवार

काठमाडौं, साउन ११ । फिफा विश्वकप अवलोकनका लागि क्यानडा पुगेका पाँच नेपालीसहित विभिन्न देशका १७५ जना विदेशी नागरिकले क्यानडा सरकारसमक्ष शरण (Asylum) मागेका छन्।

क्यानडाको अध्यागमन, शरणार्थी तथा नागरिकता विभाग (IRCC) ले जुलाई २० सम्म सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वकपसँग सम्बन्धित अस्थायी प्रवेश अनुमति (भिजिटर भिसा) प्राप्त गरेका २६ हजार १११ जनामध्ये १७५ जनाले शरणका लागि आवेदन दिएका हुन्।

तथ्यांकअनुसार सबैभन्दा धेरै घाना र चीनका २५–२५ जना, इजिप्ट, कोलम्बिया र केन्याका १५–१५ जना, नाइजेरिया, बंगलादेश र सेनेगलका १०–१० जना तथा नेपाल, पाकिस्तान, बुरुन्डी र इक्वेडरका ५–५ जना शरण माग्ने सूचीमा रहेका छन्।

आईआरसीसीले आवेदन दिने व्यक्तिहरू खेलाडी, खेल पदाधिकारी वा दर्शक कुन भूमिकामा क्यानडा पुगेका थिए भन्ने विवरण भने सार्वजनिक गरेको छैन।

विश्वकपका लागि क्यानडा प्रवेश गरेका केही विदेशी नागरिकले प्रतियोगिता सकिएपछि स्वदेश नफर्की शरण मागेपछि भिजिटर भिसाको उद्देश्य दुरुपयोग भएको विषयमा पुनः बहस सुरु भएको छ।

यसअघि नै क्यानडा सरकारले विश्वकप अवलोकनका लागि आउने विदेशी नागरिकलाई प्रतियोगिता समाप्त भएपछि भिसाको सर्तअनुसार आफ्नै देश फर्कन स्पष्ट निर्देशन दिएको थियो। साथै, भिसाको दुरुपयोग हुने आशंका भएका आवेदकलाई प्रवेश अनुमति नदिने नीति पनि अपनाइएको थियो।

यद्यपि, विकसित मुलुक पुगेपछि शरण माग्ने प्रवृत्ति पुनः देखिएको छ। क्यानडाको कानुनी व्यवस्थाअनुसार शरणको निवेदन दर्ता गर्दैमा स्वतः शरणार्थीको मान्यता प्राप्त हुँदैन। प्रत्येक आवेदनलाई सम्बन्धित निकायले कानुनी मापदण्डका आधारमा छुट्टाछुट्टै परीक्षण गरी अन्तिम निर्णय गर्ने व्यवस्था रहेको छ।

  • Jigyasanepal

थप