Breaking News
सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||    

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"

  •   २ घण्टा अघि | १३ साउन २०८३, बुधबार

काठमाडौं, साउन १३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिकलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुनसरीको घटनाले समाजमा डर, अविश्वास र विभाजनको अवस्था सिर्जना गरेको उल्लेख गर्दै यस्तो परिस्थिति कुनै पनि मानवीय समाजका लागि स्वीकार्य नहुने बताएका छन्।

उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

प्रधानमन्त्री शाहले दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुने विश्वास दिलाउँदै यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक निर्णय र सुधारका कदम अघि बढाइरहेको जानकारी दिए।

उनले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान गएको घटनालाई अत्यन्त गम्भीर रूपमा लिइएको उल्लेख गर्दै यसबारे अनुसन्धान सुरु भइसकेको र कानुनबमोजिम कारबाही गरिने बताए।

प्रधानमन्त्री शाहले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु र पीडितलाई न्याय दिलाउनु रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाही हुने विश्वास व्यक्त गरे।

उनले सबै नागरिकलाई उत्तेजना, रिस, बदलाको भावना र हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गर्दै शान्ति, सहिष्णुता र आपसी सम्मानलाई प्राथमिकता दिन आह्वान गरेका छन्।

प्रधानमन्त्री शाहले आफ्नो सन्देशको अन्त्यमा भनेका छन्, "मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो। सुरक्षित र संयमित बनौँ, एकअर्काप्रति प्रेम, सम्मान र सामाजिक सद्भाव कायम राखौँ।"

  • Jigyasanepal

थप