Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  •   २ दिन अघि | १० साउन २०८३, आइतवार

काठमाडौं, साउन १० । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) राति बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार साँझसम्म कोसी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज राति बागमती र गण्डकी प्रदेशका धेरै स्थान, कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थान, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद्का अनुसार काठमाडौं उपत्यकामा पनि आज राति मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

वर्षाको वर्गीकरण

हल्का वर्षा: २४ घण्टामा १० मिमिभन्दा कम

मध्यम वर्षा: १०–५० मिमि

भारी वर्षा: ५०–१०० मिमि

धेरै भारी वर्षा: १००–२०० मिमि

अति भारी वर्षा: २०० मिमिभन्दा बढी

वर्षाको सम्भावना बुझ्ने आधार

एक–दुई स्थान: १० प्रतिशतभन्दा कम क्षेत्र

थोरै स्थान: १०–३० प्रतिशत

केही स्थान: ३०–५० प्रतिशत

धेरै स्थान: ५०–८० प्रतिशत

अधिकांश स्थान: ८० प्रतिशतभन्दा बढी क्षेत्र

मौसमविद्हरूले पछिल्ला मौसम बुलेटिन नियमित रूपमा पछ्याउन तथा बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप