Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

पनौतीमा सुरु हुँदै प्रथम काभ्रे जिल्ला ब्यापी तेक्वान्दो प्रतियोगिता

१३ समूह, २० डोजो, ४ सय खेलाडीको ऐतिहासिक जमघट

  •   ८ महिना अघि | २५ मंसिर २०८२, बिहिबार

काभ्रे। काभ्रेको खेल इतिहासमा पहिलोपटक पनौती नगरपालिका अभूतपूर्व खेल महोत्सवको तयारीमा जुटेको छ। “प्रथम काभ्रे जिल्ला ब्यारी तेक्वान्दो प्रतियोगिता–२०८२” यही मंसिरमा भव्य रूपमा आयोजना हुँदैछ।

यो प्रतियोगितामा १३ ओटा समूह र २० डोजो मार्फत ४०० भन्दा बढी खेलाडी प्रतिस्पर्धा गर्न पाएको यो पहिलो अवसर हो।

पनौतीलाई तेक्वान्दो सिटी बनाउन महत्त्वपूर्ण कदम

कुशादेवी तेक्वान्दो संघको आयोजना तथा पनौती नगरपालिकाको सहकार्यमा हुन लागेको यो प्रतियोगिता काभ्रेको तेक्वान्दो इतिहासकै सबैभन्दा ठूलो र प्रतिनिधिमूलक प्रतिस्पर्धा मानिएको छ।

संस्था वि.सं. २०६० मा स्थापना भएको हो। खेलाडीसँगै समुदायको संस्कार, अनुशासन, आत्मरक्षा सीप र राष्ट्रिय गौरवको भावना जगाइरहेको यो संस्था गैरनाफामूलक हो, जसको मूल उद्देश्य–

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्नु हो।

संस्थाका प्रशिक्षक रामचन्द्र कर्माचार्य २०५२ सालदेखि प्रशिक्षण क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उहाँको प्रशिक्षणमा पनौतीका खेलाडीहरू १२२ भन्दा बढी विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा चम्किँदै आएका छन्।

नेपालको तेक्वान्दो–अन्तर्राष्ट्रिय स्तरमै सम्मानित इतिहास

यो प्रतियोगिता मात्रै होइन, नेपालको तेक्वान्दो इतिहास स्वयं गौरवले भरिएको छ।

नेपालमा तेक्वान्दो सन् १९८३ देखि आधिकारिक रूपमा सुरु।

ओलम्पिक, एशियन गेम, दक्षिण एशियाली खेल लगायत ठूला मन्चमा नेपालको सशक्त उपस्थिति।

सन् १९८८ मा विधान लामाले तेक्वान्दोमा कास्य पदक जिते—तर प्रदर्शनी खेल भएकाले आधिकारिक मान्यता नदिइएको।

सन् १९९२ मा नारायण गुरुङ र सीता राईले ओलम्पिक छनोट पार गर्दै नयाँ इतिहास।

सन् २००४ मा सगिना वैद्य, सन् २००८ मा दीपक विष्ट र निशा रावल,

पछिल्लो पारा ओलम्पिकमा गीवर्धनले कास्य पदक जित्दै विश्वमञ्चमा झनै ठूलो पहिचान दिलाए।

आजसम्म नेपालले विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ५१ पदक जितिसकेको छ।


पनौतीका खेलाडीहरूको लगातार चमक

पनौतीका तेक्वान्दो खेलाडीहरू पछिल्ला वर्षहरूमा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमै चम्किरहेका छन्।

धेरै खेलाडीले स्वर्ण, रजत, कास्य जित्दै पनौतीको नाम अन्तर्राष्ट्रिय खेलमञ्चमा राख्न सफल भएका छन्।

उल्लेखनीय उपलब्धिहरू

सजीव प्रधान – अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल

विनोद थापा, सुरज धिमिरे, रामहरी महत, दिपेन्द्र थापा – विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सफलतायात्रा

शन हमाल (वडा नं २) – प्रथम दक्षिण एशियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण तथा कास्य

बिरेन्द्र हुमागाईं – जापान साकाइ ओसाका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण

गुरु केशव थापा – थाइल्यान्ड पटाया हिरो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप (२०२५) मा स्वर्ण

मलेसियाको अन्तर्राष्ट्रिय प्रतियोगिता (२०८१) – १० वटा स्वर्ण पदक

अनन्तीरा कोकेन कप (२०८१ पौष) – स्वर्णपदक

प्रति थापा, दिपिका सापकोटा – राष्ट्रिय खेलमा पटक–पटक गोल्ड

यी उपलब्धिले पनौतीलाई काभ्रेको मात्र होइन, राष्ट्रिय तेक्वान्दो हब बनाउँदै लगेको छ।


किन महत्वपूर्ण छ यो प्रतियोगिता ?

जिल्लाभरका खेलाडीलाई एकै मञ्चमा ल्याउने अवसर

अनुशासन, आत्मबल र खेल संस्कृतिको विकास

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि भविष्यका खेलाडी उत्पादन

पनौतीलाई तेक्वान्दो पर्यटन र स्पोर्ट्स सिटी बनाउने आधार

आयोजक पनौती नगरपालिकाको वडा नम्बर १ , २ र ३ नम्बर वडा रहेको छ । पुरुषोत्तम अधिकारी (अध्यक्ष, वडा नं २, पनौती नगरपालिका) भन्नु भयो ।

“हाम्रो क्षेत्रका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरसम्म पदक ल्याएर पनौतीलाई चिनाइदिएका छन्।

यो प्रतियोगिताले अझै धेरै प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।”

  • Jigyasanepal

थप